सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

प्रा.डा. वीणा पौड्याललाई ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार २०८३’ प्रदान

1.84K
shares

आर्टिकल्स पेपर, काठमाडौँ । प्रा.डा. वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार २०८३ प्रदान गरिएको छ ।

बुधबार काठमाडौँको लाजिम्पाटस्थित डा. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सभाहलमा आयोजित एक समारोहबिच पौड्याललाई दोसल्ला ओढाइ सम्मान पत्रसहित नगद पचास हजार रुपैँया प्रदान गरिएको हो ।

प्रा.डा. पौड्यालले नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा, कला, इतिहास र पुरातत्वीक सम्पदाको अध्ययन अनुसन्धानमा लामो समय समर्पण गर्नुभएकाले ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार २०८३’ प्रदान गरिएको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति केन्द्रले जनाएको छ ।

प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यता र स्मृति केन्द्रमा अध्यक्ष इश्वरचन्द्र बानियाँको सभापतित्वमा भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिमा डा. निदेशचन्द देवकोटा हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रा.डा वीणा पौड्याल रहनुभएको थियो ।

त्यसैगरी अतिथिहरुमा सुशीला अर्याल, पशशुराम अर्याल, कवि हरिहर अर्याल, ज्योतिष नारायणभक्त अर्याल, प्रा.डा. प्रेमकुमार खत्री, डा. बमबहादुर थापा, मदनराज थापा, जनार्दन कट्टेल, अनिल अर्याल, प्रा.डा. जगत पराजुली, प्रा. शुकदेव उपाध्याय, पुरातत्वविद् प्रकाश दर्नाल, कमल अर्याल, प्राज्ञ विष्णु प्रभाव, दोलखबहादुर गुरुङ, शीतलबाबु रेग्मी, माधव गौतम, प्रा.डा. नृर्सिहकुमार खत्री, प्रा.डा. बद्रीनारायण गौतम, मुरारीकृष्ण गौतम, डा. मुकेश चालिसेलगायत रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले प्रा.डा. विणा पौड्यालले नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा, कला, इतिहास र पुरातत्वीक सम्पदाको अध्ययन अनुसन्धानमा पु¥याउनुभएको योगदान जीवनन्त रहने बताउनुभयो ।

त्यसैगरी योजनाविद डा. दिनेशचन्द्र देवकोटा, साहित्यकार शुकदेव उपाध्याय, सभाध्यक्ष इश्वरचन्द्र बानियाँलगायतले प्रा.डा. पौड्यालको योगदान र भूमिकाको बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममो सञ्चालन कपिलचन्द्र खनालले गर्नुभएको थियो ।