आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख...

पुरा पढ्नुहाेस्

सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

539
shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ। चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो।

कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।

सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं, चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।

आज जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए। जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो। जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए।

चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २/२ विकेट लिए।