सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै

945
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल आगामी २०८३ कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जान लागेको हो।

भ्रमणका क्रममा दुई पार्टीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा छलफल हुने जनाइएको छ।

रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।