एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

डा. डिल्लीरमण रेग्मीको ११३औँ जन्मजयन्ती तथा शान्ति दिवस मनाइयो

231
shares

काठमाडौँ । डा. डिल्लीरमण रेग्मीको ११३औँ जन्मजयन्ती तथा शान्ति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको लाजिम्पाटस्थित डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको आयोजनामा २०८२ पुस ३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति अध्यक्ष प्रा.डा. विणा पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुनको उपस्थिति रहेको थियो ।

विशेष अतिथिमा डा. जयराज आचार्य, हरिराम जोशी, प्रा.डा. मोहन लोहनी, पुष्पराज सुवेदी, सुशीला श्रेष्ठ, पूर्व राजदूत विष्णुहरि नेपाल, पूर्वकुलपति के.के कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि अतिथिहरुले डा. रेग्मीले गरेका योगदानको प्रशंसा गर्दै उहाँलाई राज्यले सम्मान गर्नुपर्ने कुरा व्यक्त गर्दै पुस्तकालयका बारेमा हाल भइरहेको समस्याका बारेमा पनि धारणा राखेका थिए ।

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयको हल भरिभराउ बाक्लो उपस्थितिका माझमा डा. रेग्मीका बारेमा संग्रहीत “स्मारिका–२०८२” अध्यक्ष प्रा.डा. विणा पौड्याल, प्रमुख महावीर पुन, अतिथि डा. जयराज आचार्य, हरिराम जोशी, प्रा.डा. मोहन लोहनी, पुष्पराज सुवेदी, सुशीला श्रेष्ठ, पुस्तकालय प्रमुख प्रेमराज अधिकारीलगायत बाट संयुक्त रुपमा लोकार्पण गरिएको थियो भने डा. रेग्मीको श्रद्धाञ्जली स्वरुप कविहरुको कविताबाट कार्यक्रम थप आकर्षक बनेको थियो ।