काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपाल मगर सांस्कृतिक संघ बागमती प्रदेशको अध्यक्षमा प्रकाश दर्लामी निर्वाचित

1.47K
shares

काठमाडौं । नेपाल मगर सांस्कृतिक संघ बागमती प्रदेशमा प्रकाश दर्लामी मगर निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न दोश्रो अधिबेशनबाट दर्लामी बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष रक्षा रैका मगरको प्रमुख आतिथ्यतामा तथा प्रदेश समिति अध्यक्ष बलबिक्रम थापाको अध्यक्षतामा दोस्रो अधिबेशन सम्पन्न भएको हो । सर्वसम्मत १३ जना नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय समितिका सदस्य सर्मिला राना मगर, बागमती प्रदेशका पूर्व महासचिव देवलाल यसमाली मगर, वरिष्ठ उपाध्यक्ष अमला थापा मगर, वरिष्ठ उपाध्यक्ष बिलन थापा मगर, सांस्कृतिक उपाध्यक्ष नन्द घर्तिमगर, पूर्व उपाध्यक्ष देव आले मगर, नेपाल मगर खेलकुद संघका उपाध्यक्ष कुशल बुडामगर, महिला सचिव रन्जिता थापा मगर, रेशम थापा मगर, उपत्यका समितिका अध्यक्ष केशरी पुन मगर ९किशु०, बिशेष उपत्यका पश्चिम सम्पर्क समितिका अध्यक्ष कमल घर्तिमगर, उपत्यका पूर्वी सम्पर्क समितिका अध्यक्ष सुरज थापा मगर, बिशेष उपत्यका मध्य सम्पर्क समितिका अध्यक्ष रेशम आले मगर लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

नव निर्वाचित कार्यसमिति यस प्रकार छन्:-

अध्यक्ष: प्रकाश दर्लामी मगर
उपाध्यक्ष: नवीन पुलामी मगर
महासचिव: सुमन थापा मगर
प्रसाशनिक सचिव: श्रीकृष्ण थापामगर
सङ्गठन सचिव: योगेश रानामगर
महिला सचिव: मनिसा थापामगर
कोषाध्यक्ष: सङ्गिना मगर
सह-कोषाध्यक्ष: लेक बहादुर थापामगर

सदस्यहरु:

चन्द्रकला मगर
रमा मगर
दीपक थापा मगर
अनिल थापा मगर
सगुन रजन मगर