काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । गत वैशाख ८ गते स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त हुनुभएका पन्त एमालेबाट समानुपातिक सांसद हुनुहुन्छ ।
