काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कक्षा १२ को परीक्षा स्थगित, आगामी वैशाख २१ गतेबाट परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

1.39K
shares

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएपछि परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय परीक्षा बोर्डले तोकिएको समय वैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्नेलगायतमा मागहरु राखेर आन्दोलन गरिरहेको हुनाले ११ गतेदेखि गर्ने भनिएको परीक्षा प्राविधिक रुपमा कठिनाइ हुने भएकाले स्थगित गरी वैशाख २१ गतेदेखि गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।