• २०८२ बैशाख ६ गते शनिवार

काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले पार्टीका नियमित काम रोकेर राहत र उद्धार कार्यमा परिचालित हुन पार्टी पङ्तिलाई निर्देशन दिएको छ ।

एमाले सचिवालय बैठकले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने निर्णय गर्नुका साथै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । यसका साथै क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *