काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर पुग्न पाँच ओटा जिल्ला घुम्नुपर्ने

847
shares

काठमाडौं । गत शुक्रबार र शनिबार गएको अविरल वर्षाका कारण सडकहरु अवरुद्ध भएपछि पूर्वका ४ ओटा पहाडी जिल्ला पुग्नका लागि ५ ओटा जिल्ला घुम्नुपर्ने भएको छ । काठमाडौंबाट बीपी राजमार्गको सिन्धुली हुँदै पहाडी जिल्ला पुगिन्थ्यो भने अब चितवन भएर जानुपर्ने भएको हो ।

बीपी राजमार्ग हुँदै सिधै खोटाङ पुग्ने गाडी अब ५ जिल्ला घुमेर मात्रै खोटाङ पुग्न सकिन्छ । काठमाडौंबाट खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, र भोजपुर पुग्नका लागि सिन्धुलिको बाटो खुर्कोट, घुर्मि हुँदै जानुपर्छ। दशैंअघि बीपी राजमार्ग खोल्ने सम्भावना कम भएकाले व्यवसायीले चितवन-हेटौंडा हुँदै गाडी घुमाएर लैजाने भएका हुन् । बीपी राजमार्गको खुर्कोटबाट घुर्मी हुँदै खोटाङ हलेसी पुगिन्थ्यो ।

खोटाङ यातायात व्यवसायी महासंघले सुमो र बस चितवन पुगेर हेटौंडा हुँदै हलेसी जानुपर्ने बाध्यता रहेको बताएको छ । काठमाडौं-खोटाङसहितका ४ जिल्ला पुग्न नयाँ रुटको रुपमा काठमाडौं-मुग्लिन-नारायणघाट-हेटौँडा-सिन्धुली-कटारी-घुर्मी हुँदै ४ जिल्ला पुग्नुपर्छ ।