• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले संविधानमा पुनरावलोकन, परिमार्जन गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नेतृत्व चयन भएको दुई वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा आफ्ना कुरा राख्नुहुँदै संविधान संशोधन र प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति विषयक विचार गोष्ठीमा उहाँले दश वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको हो ।

त्यसका साथ साथै भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ । ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर भएकाले मिडियाले यस विषयमा निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको हो । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उहाँले हामी संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै गरी संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउनु पर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्नेमा उहाँको जोड रहेको छ । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त रहेको भन्दै उहाँलेले यस सरकारलाई गल्ती गर्ने र कुनै कमिकमजोरी गर्ने छुट नभएको बताउनु भएको छ । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउने गरी काममा लाग्ने यो सरकारको प्राथमिकता रहनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा शुभकामना दिने क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतका सहभागी व्यक्तित्वहरुले आआफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *