एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सत्ता पक्षमा हुँदैमा गलतलाई सही भन्न सकिँदैनः डा. शेखर कोईराला

175
shares

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले संविधानमा पुनरावलोकन, परिमार्जन गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नेतृत्व चयन भएको दुई वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा आफ्ना कुरा राख्नुहुँदै संविधान संशोधन र प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति विषयक विचार गोष्ठीमा उहाँले दश वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको हो ।

त्यसका साथ साथै भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ । ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर भएकाले मिडियाले यस विषयमा निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको हो । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उहाँले हामी संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै गरी संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउनु पर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्नेमा उहाँको जोड रहेको छ । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त रहेको भन्दै उहाँलेले यस सरकारलाई गल्ती गर्ने र कुनै कमिकमजोरी गर्ने छुट नभएको बताउनु भएको छ । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउने गरी काममा लाग्ने यो सरकारको प्राथमिकता रहनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा शुभकामना दिने क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतका सहभागी व्यक्तित्वहरुले आआफ्नो भनाई राखेका थिए ।