काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

६ ओटा उद्योगमा काटिएको बिजुली लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

1.06K
shares

काठमाडाैँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ ओटा उद्योगमा काटिएको बिजुली लाइन नेपाल विद्युत् प्राधिकरणले जोड्ने भएको छ ।
प्राधिकरणले बिजुली महसुल विवादमा असार २५ देखि ६ ओटा उद्योगमा बिजुली लाइन काटेको थियो । जसमा घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल, जगदम्बा सेन्थेटिक, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल र हुलास स्टिल रहेका थिए ।

विद्युत् प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।
आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।