• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुबाट दुई तिहाइको समर्थन पाउनुभएको छ ।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ जना सांसदले मतदान गरेका थिए ।

विपक्षमा ७४ मत परेको थियो भने एक मत तटस्थ रहेको थियो । संसदमा २६३ जना सांसदहरु उपस्थित भएका थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका थिए ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *