एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

टी-२० विश्वकपका लागि अमेरिका पुगेका नेपाली पत्रकारलाई नेजाद्वारा डालसमा स्वागत

161
shares

अमेरिका । नेजाद्वारा टी-२० विश्वकपका लागि रिपोर्टिङका लागि नेपालबाट अमेरिकाको टेक्सास राज्यमा पुगेका नेपाली पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्वागत गरेको छ ।

नेजाले यही जुन ३, २०२४ मा डालसको युलेसमा आयोजना गरेको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, उपाध्यक्ष गोविन्द रेग्मी, महासचिव प्रज्वल ओली, वरिष्ठ पत्रकारहरू विनोद पाण्डे (कान्तिपुर), प्रकाश तिमल्सिना (हाम्रो खेलकुद), सुवास हुमागाईं (हाम्रो खेलकुद), दिपेन्द्र कुँवर (साझा पोस्ट), सविना कार्की (कान्तिपुर टिभी), सिताराम कोइराला –सेतोपाटी), अनिल मल्ल ठकुरी (नागरिक दैनिक), हेमन्त श्रेष्ठ –कान्तिपुर), भुपेन्द्र जीसी (अनलाइन खबर) साथै खेलकुदप्रेमी प्रदीप न्यौपानेलाई स्वागत गरेको हो ।

यसैगरी, अस्ट्रेलियाबाट पुगेका नेप्लिज अस्ट्रेलियन जर्नालिस्ट एसोसिएसन (एन्जा) का सचिव सरल गुरुङ, टेक्सासमा रहेका पत्रकारहरु किसन रेग्मी, लेखनाथ गौतम, सागर अर्याल, सुदीप सिवाकोटीको पनि उपस्थिति रहेको थियो । यसैगरी लाइफ एन्ड ग्राभिटीका निश्चल चापागाईं र सुवास बन्जाडे, खेलप्रेमीहरू नरेश खरेल, विवेक कँडेल, रुपेश केसी, नारायन केसी, कृष्ण लामिछानेलगायतलाई स्वागत गरेको थियो ।

उक्त कार्यक्रममा नेजाको तर्फबाट अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल र कार्समिति सदस्य केशव रेग्मीको सहभागिता रहेको थियो ।

आईसीसी टी-२० विश्वकप आइतबारबाट अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेकाे प्रतियोगिता एक महिनासम्म चल्नेछ ।

स्रोत : नेजाको फेसबुक पेज