एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलबाट चार किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

175
shares

काठमाडौं: त्रिभुवन विभानस्थल प्रहरीले करिब चार किलो ११ सय ग्राम सुन बरामद भएको छ । सुनसँगै दुई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिएका छन् ।

सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो । सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए ।