एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी

154
shares

काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् । त्यसैगरी रास्वपा मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन् र उनको जमानत पनि जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।

इलाम(२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् । खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११ हजार ४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५ हजार ५० मत प्राप्त गरेका हुन् ।

बैशाख १५ गते भएको उपनिर्वाचनमा सो क्षेत्रमा कुल ६९ हजार २८७ मत खसेको थियो । रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन् । उनको जमानत जफत भएको छ । चुनावअघि नै रास्वपाका नेताहरुले सो क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वार मिलन लिम्बुले शानदार जित निकाल्ने दाबी गरेका थिए । मिलन निर्वाचनको मुखमा माओवादी परित्याग गरी चुनावमा होमिएका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम(२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम( २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।