एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” यही फागुन ५ गतेदेखि सुरु

168
shares

काठमाडौँ । यहि फागुन ५ गतेदेखि “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” हुने भएकाे छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ र धनु आर्ट स्टुडियो, कोटेश्वरद्वारा संयुक्त आयोजनामा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा उक्त चित्रकला प्रदर्शनी गरिने भएको हो ।

कला, संस्कृति र पर्यटन प्रवर्धनका लागि संसारभरिका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराई पर्यटन पवर्धन र आर्थिक समृद्धिमा जोड्ने महाभियानको उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको आयोजक दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख तिर्थ भट्टराईले जानकारी दिनुभएको छ ।

प्रदर्शनीमा पचास ओटा देशहरुको सकभागीता रहने र यस चित्रकला प्रदर्शनीले खोटाङ जिल्लाका साथै नेपाललाई विश्वभर चिनाउने तथा पर्यटन प्रवर्धन र आर्थिक सहायतामासमेत मद्दत पुग्ने धनु आर्ट स्टुडियोका प्रमुख धनु याख्याले बताउनु भएको छ ।

काठमाडौँ स्थित नेपाल कला परिषद्, बबरमहलमा सञ्चालन हुने उक्त चित्रकला प्रदर्शनी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा समुद्घाटन गरिने भएको छ । चित्रकला प्रदर्शनी यही फागुन ५ देखि सञ्चालन भई १७ गतेसम्म रहने छ ।

चित्रकला प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । उक्त प्रदर्शनी बिहान १० देखि साँझ ६ बजेसम्म प्रत्येक दिन खुल्ला रहने जनाइएको छ ।