काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाद्वारा आ.व. २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

1.03K
shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आ.व. २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० फागुन ३ गते नगरपालिकाले आफ्नै प्राङ्णमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायत नगरबासिहरुको उपस्थिति रहेको थियो ।

बजेट, नीति तथा कार्यक्रम, सेवा प्रवाह र विकास निर्माण लगायतका बिषयमा सुझाव तथा गुनासा आएका थिए भने शाखा प्रमुख तथा जनप्रतिनिधिहरुले उक्त सुझाव तथा गुनासोको सम्बोधन गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिकामा आ.व. २०८०/८१ को हालसम्मको चालु तर्फ ४३.४४ प्रतिशत, पुजिँगततर्फ १५.६६ प्रतिशत गरी कुल बजेटको जम्मा ३३.८४ प्रतिशत खर्च भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमसँगै अन्यत्र ठाउँबाट हलेसी तुवाचुङ नगरपालिकामा बसाइँ सरी आएका ११ घर परिवारलाई नगर प्रमुख विमला राईले स्वागत तथा सम्मानसमेत गर्नुभएको थियो ।