एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

डा. डिल्लीरमण रेग्मीको १११औँ जन्मजयन्ती तथा शान्ति दिवस मनाइयो (पुरा भिडियोसहित)

203
shares

काठमाडौँ । डा. डिल्लीरमण रेग्मीको १११औँ जन्मजयन्ती तथा शान्ति दिवस कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लाजिम्पाटस्थित डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको आयोजनामा २०८० पुस ३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष श्री गोपाल छाङछाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला कुमारी, विशेष अतिथिमा जसपा नेपाल केन्द्रीय कार्यकारी समिति सदस्य माननीय सुशिला श्रेष्ठ, अतिथिहरुमा सहसचिव केशव दाहाल, सशस्त्र प्रहरीका पूर्व प्रमुख दुर्जकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि अतिथिहरुले डा. रेग्मीले गरेका योगदानको प्रशंसा गर्दै उनलाई राज्यले सम्मान गर्नुपर्ने कुरा व्यक्त गर्दै पुस्तकालयका बारेमा हाल भइरहेको समस्याका बारेमा पनि धारणा राखेका थिए ।

यसैबीच लामो समयदेखि पुस्तकालयमा रहेका महत्वपूर्ण योगदान गरेको भनी भोलाकुमार श्रेष्ठ र कुमार नेपाललाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा डा. रेग्मीको श्रद्धाञ्जली स्वरुप कविहरुले कविता वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

कार्यक्रमको पुरा भिडियो