काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपाली समाज, टेक्सासको नेतृत्वमा पुनः वाग्ले

1.2K
shares

टेक्सस, अमेरिका । नेपाली समाज, टेक्सास (NST) को डिसेम्बर १६, शनिबार भएको निर्वाचनबाट राजेन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार बेलुका ७ बजे मताधिकारको समय अन्त्य भएपछि करिब ७ घन्टापछि निर्वाचन समितिले घोषणा गरेको मतपरिणामअनुसार वाग्ले अध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा बलराम पौडेल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा बिजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सह-कोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रवीश श्रेष्ठ र स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् । महिला उपाध्यक्ष र महिला संयोजकमा क्रमशः साबित्री भण्डारी र शान्ताकुमारी गिरी निर्विरोध बनेका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा जीवलाल भुसाल, मनोज धिताल, रमेश अधिकारी, राधा अधिकारी पौडेल र राधिका खराल निर्वाचित भएका छन् । सो निर्वाचन दुइटा समूह राजेन्द्र वाग्ले र कमलराज सत्यालबीच प्रतिस्पर्धा रहेको थियो ।बैकुण्ठविक्रम थापाको अध्यक्ष एवं महेश नेपाल, सीता सापकोटा, बिजयराज भट्टराई र धिरेन गुरुङ सदस्य रहेको निर्वाचन समितिले व्यवस्थित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गरेको थियो ।

तस्वीर सौजन्यः www.reportersclubamerica.com