एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

उदयपुरमा वनभोज खाएर फर्किने क्रममा बस दुर्घटना, चालकसहित ३ को मृत्य, दर्जनौँ घाइते

189
shares

उदयपुर : वनभाेज खाएर फर्किने क्रममा मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा त्रियुगा नगरपालिका–५, अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीकाअनुसार दुर्घटना अपरान्ह १ बजेतिर भएको जनाइएको छ ।

वनभाेज खाएर फर्किने क्रममा बस दुर्घटना भएको चौधरीले जानकारी दिएका छन् । बसमा ३५ जना जति रहेको अनुमान प्रहरीको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।

विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताउनु भएको छ ।

यस घटनाका बारेमा उदयपुरबाट घटनाको प्रत्यक्षदर्शी चित्र कुमार कार्कीले कार्कीले आर्टिकल्स पेपरलाई जानकारी दिनुभएको छ ।