एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार सविता उप्रेतीलाई

210
shares

काठमाडौँ । सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गर्ने परिषद्ले जनाएको छ ।
भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्‍याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ ।

युवा उमेरबाटै अथक रूपले अटिजम भएका बालबालिकाका लागि नेपालमा अभियान सुरु गरेर सामाजिक जागरण ल्याएको र धेरैको जीवनमा फरक पारेको हुनाले उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार दिने निर्णय गरिएको परिषद्ले जनाएको छ । उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । परिषद्ले सुरुको वर्ष दलाई लामालाई मानवअधिकार पुरस्कार दिएको थियो ।

अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेको थिइन् । अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलिएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढी जनाले सेवा पाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम रोग बढ्दो मात्रामा देखिएको भन्दै यसका लागि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको छ ।