नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

आज हरिबोधिनी एकादशी मनाइँदै : विष्णु मन्दिरहरुमा भक्तजनको घुइँचो

1.68K
shares

काठमाडौं । वर्षभरीमा पर्ने चौबीस ओटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हरिबोधिनी एकादशी पर्व आज धुमधामका साथ मनाइँदै छ । यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ ।

आषाढ शुक्त एकादशीका दिन आआफ्नो घरमा पूजाआराधनाका साथ रोपिएको तुलसीलाई विशेष पूजा आराधना गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका इचंगु नारायण, विशंखुनारायण, चाँगुनारायण, शेषनारायण, पशुपतिनाथ, बुढानीलकण्ठ लगायतका साथै उपत्यका बाहिर खोटाङको हलेसी महादेव मन्दिर, देवघाट, रिडीलगायत देशभरका विष्णु मन्दिरहरुमा भक्तजनहरुको मेला तथा घुइँचो लाग्ने गर्दछ ।

आज अर्थात ठूली एकादशीका दिन विशेष गरी पिंडालु, सखरखण्ड, फलफूललगायतका खानेकुरा भोजन गर्ने चलन रही आएको छ ।