काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

आज हरिबोधिनी एकादशी मनाइँदै : विष्णु मन्दिरहरुमा भक्तजनको घुइँचो

1.16K
shares

काठमाडौं । वर्षभरीमा पर्ने चौबीस ओटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हरिबोधिनी एकादशी पर्व आज धुमधामका साथ मनाइँदै छ । यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ ।

आषाढ शुक्त एकादशीका दिन आआफ्नो घरमा पूजाआराधनाका साथ रोपिएको तुलसीलाई विशेष पूजा आराधना गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका इचंगु नारायण, विशंखुनारायण, चाँगुनारायण, शेषनारायण, पशुपतिनाथ, बुढानीलकण्ठ लगायतका साथै उपत्यका बाहिर खोटाङको हलेसी महादेव मन्दिर, देवघाट, रिडीलगायत देशभरका विष्णु मन्दिरहरुमा भक्तजनहरुको मेला तथा घुइँचो लाग्ने गर्दछ ।

आज अर्थात ठूली एकादशीका दिन विशेष गरी पिंडालु, सखरखण्ड, फलफूललगायतका खानेकुरा भोजन गर्ने चलन रही आएको छ ।