• २०८१ बैशाख ३० गते आइतवार

अहिलेको युग २१औँ शताब्दिको डिजिटल प्रविधिको युग हो । हामी यहि शताब्दिको युगमा छाैँ । डिजिटलको प्रयोगले मानव जीवनशैलीलाई अति सरल बनाएको छ । हातको मोबाइलबाट विश्वका हरेक गतिविधिको अध्यायन गर्न सकिने भएको छ । मोबाइल फोन सन् १९७३ मा अमेरिकाका महान ईन्जिनयर डा. मार्टिन कुपरले आविस्कार गरेका हुन् । आजभन्दा एक शताब्दिपूर्व यसको आविस्कार भएको भए तापनि नेपालमा भने २०५६ साल पछि मात्र प्रयोगमा आएको हो ।

सूचना, सञ्चार, अध्यायन, खोज अनुसन्धान एवं मनोरञ्जनका लागि मोबाइल फोन अति महत्वपूर्ण सावित भएको छ । अहिले संसारका हरेक मानिसलाई तपाईंको सबैभन्दा प्रिय वस्तु कुन हो भनेर सोध्यो भने जवाफमा मोबाइल भन्ने जावाफ आउँछ । हुन पनि डिजिटलको चमत्कार अपार छ । हरेक व्यक्ति विद्यालय विश्वविद्यालय सरकारी तथा प्रइभेट सबै निकायमा आ−आफ्नो आवश्यकताअनुसारका डिजिटल सामग्रीहरू प्रयोग गर्ने गर्दछन् । यस आलेखमा विषेश गरी बालबालिकामा मोबाइल प्रयोग र त्यसबाट पर्ने असरको बारेमा चर्चा गरिएको छ ।

डिजिटल प्रविधि सिकाइका लागि उपयुक्त साधन हो भन्ने कुरालाइ नकार्न सकिँदैन । यस प्रविधि अन्तर्गत फेसबुक, ट्विटर, युट्युव, स्काइप, भाइवर जस्ता सामाजिक सञ्जालहरू प्रयोगमा आएका छन् । यस्ता सामाजिक सञ्जालको माध्यमबाट स–साना बालबालिकामा बोलिको विकास गर्न, वस्तुलाई चिनाउन, वस्तुको उपयोग कसरी गर्ने भनेर सिकाउन सकिन्छ । डिजिटल प्रविधिको माध्यमबाट पढ्न, लेख्न, कुनै खोज अनुसन्धान गर्न, चित्र कोर्न, खेल खेल्न, मनोरञ्जन लिन जस्ता विवध कार्य गर्न सकिन्छ । बालकको शारिरीक, मानसिक, बौद्धिक तथा संवेगात्मक विकासका विषयलाई डिजिटल प्रविधिले महत्वपूर्ण योगदान पु¥याउने गर्दछ । सिकाइ मात्र नभई सामाजिक जीवनका असल बानी व्यवहारहरू सिकाउन विविध क्रियाकलापहरूबाट मनोरञ्जन लिन पनि डिजिटल प्रविधिले सहयोग पु¥याउँछ । तर जानेर वा नजानेर बालबालिकालाई सा−सानो उमेर बाटनै मोबाइलको प्रयोग गराउछौँ । आवश्य अनावश्यक सबै समाजिक सञ्जाल तथा एप्सहरू प्रयोग गर्न दिन्छौँ । जब बालबालिकाहरूमा मोबाइलप्रति लत बस्छ तब अभिभावकहरूमा मोबाइलको लतबाट कसरी छुटाउने भनेर चिन्ता जाहेर हुने गर्दछ ।

मोबाइलको अत्यधिक प्रयोगबाट बालबालिकाहरुमा पर्ने असरहरू

(क) मोबाइलको लत वा नसा बस्ने

अभिभावकहरू आ−आफ्ना बालबालिकाहरूलाइ रिसाएको बेला खुसी पार्न, खाना नखाएको बेला फकाउन, आफू कुनै काममा व्यस्त रहेको बेला उनीहरूलाइ भुलाउन मोबाइल प्रयोग गर्न दिएर उनीहरूलाइ मोबाइलप्रति रूची बढाउन प्रोत्साहित गर्दछन् । बाल मष्तिष्कले जब नयाँ–नयाँ कुरा हेर्न, देख्न, मनोरञ्जन लिन थाल्दछन् तब उनिहरुलाई मोबाइल नभइ नहुने अति आवश्यकीय वस्तु बन्न पुग्दछ । बालबालिकाहरूले मोबाइलको अत्यधिक प्रयोग गर्ने संसारकै राष्ट्र मध्ये चीन अग्रस्थानमा रहेको छ । त्यसैले चीनले मोबाइललाई विद्युतीय नाशालु पदार्थको संज्ञा दिने गरेको छ ।

(ख) शारीरिक असर

मोबाइलमा लगातार बसीरहँदा उनीहरूमा शारीरिक कसरत पुग्दैन र मोटोपन बढ्न जान्छ । मोटोपन रोगको स्रोत हुन पुग्दछ । जसबाट रक्त सञ्चार प्रणाली तथा पाचन प्रणालीमा असर पुग्न जान्छ । मोबाइलबाट निस्कने विकिरणबाट आँखाको दृष्टीमा असर पर्ने, टाउको दुख्ने, मेरूदण्डम असर पर्ने, निन्द्रा नलाग्ने जस्ता शारीरिक असहरू देखा पर्दछन् ।

(ग) मानसिक असर

बलकालिकाको दुईदेखि तीन वर्षको अवधिमा मष्तिष्कको वृद्धि तथा विकास करिब ९० प्रतिशत भएको हुन्छ । अत्यधिक मोबाइलको प्रयोगले मष्तिष्कको इन्सुलामा प्रभावपारी मष्तिष्कको बृद्धि तथा विकासमा असर पारी मानसिक समस्या देखा पर्दछ । यसबाट निस्कने विकिरणले मस्तिष्कमा ह्रास आउने तथा क्यान्सर समेत हुन सक्दछ ।

(घ) सामाजिकिकरणमा असर

बालबालिकाहरूको संसार नै मोबाइल हुने हुँदा उनीहरू आ−आफनो घरपरिवारमा हुने चाडपर्व, घर–परिवारमा आउने पाहुना, उनीहरूमा गरिने शिष्टता एवं व्यवहारका बारेमा कुनै चासो नै राख्दैनन् । सामाजिक रितिरिवाजमा गर्नुपर्ने व्यवहार, इष्टमित्रमा गर्नुपर्ने आदार सम्मान आदि जस्ता व्यवहारका बारेमा अनविज्ञ नै हुन्छन् । उनीहरूले मिडियाका सञ्जालमा हेर्ने, देख्ने अस्लिल चित्रहरू, फिल्महरूले आफ्नो संस्कृति परम्परालाई विकृत बनाएको हुन्छ । जसबाट व्यक्तिले समाजप्रति गर्नुपर्ने व्यवहार निर्वाहा गर्नुपर्ने भूमिकाका बारेमा अनविज्ञ भई सामाजिकिकरणमा असर पु¥याउँदछ ।

(ङ) मनोवैज्ञानिक असर

मोबाइलका अस्लिल भिडियो, धाराबाहिक गेमहरूको प्रयोगले बालबालिकाहरू लतमा फसिसकेका हुन्छन् । गेममा जित्नै पर्ने, जित्न नसक्दा रिसाउने स्वभावको संवेग बढ्न जान्छ । एकपछि अर्को नयाँ–नयाँ चित्र हेर्ने बानिले पढाइमा रूचि कम हुँदै जाने र पढाइमा कमजोर हुँदै जाने हुन्छन् । जसबाट शिक्षक साथीभाइ तथा अभिभावकबाट टाढा हुँदै जाने र एकाङ्कीपन बढ्दै जाने स्वभाव हुन्छ । सबै कोणबाट कमजोर महसुस हँुदै जाने र अन्तमा आत्महत्याको अवस्थासम्ममा पुग्न सक्छन् ।

मोबाइल प्रयोगको लतबाट बालबालिकाहरूलाइ कसरी छुटाउने त ?

अहिलेका बालबालिकाहरूको रूचि पढनमा, खेलकुद गर्नमा एवं सामाजिक कार्यमाभन्दा टि.भि. ल्यापटप तथा मोबोइल प्रयोगमा बढेको पाइन्छ । डिजिटल प्रविधिको युगमा बालबालिकाहरूलाई डिजिटल प्रविधिबाट टाढा राख्न सकिँदैन र राख्न पनि हुँदैन । यस्ता प्रविधिका साधनबाट उनीहरूले विविध किसिमका ज्ञानहरू आर्जन गरिरहेका हुन्छन् । सहि र उचित रूपमा प्रयोग भएमा डिजिटल प्रविधि ज्ञान सीप आर्जनका लागि वरदान सावित पनि भएको पाइन्छ । डिजिटल मिडिया सिकाइका लागि सरल र सहज प्रविधि भए तापनि अधिकांस बालबालिका उचित प्रयोग भन्दा अनुचित प्रयोगमा बढी ध्यान दिने गरेको पाइएकाले देहायको तरिकाबाट बालबालिकाहरूलाई मोबाइल प्रयोगको लतबाट छुटकरा दिलाउन सकिन्छ ।

(क) अशल अभिभावकको भूमिका निर्वाहा गर्ने

अभिभावकहरूले मोबाइलमा बालबालिकाको अगाडि सबैलाइ उपयोगि हुने सामग्री हेर्ने । सोको बारेमा व्याख्या विश्लेषण गर्ने । बालबालिकालाई पुस्तकका बालकथा कविता पढेर सुनाउने । चित्र कोर्न प्रोत्साहित गर्ने । चित्र कथाहरू देखाएर सोध्ने, बताइदिने बानी बसाल्नु पर्दछ । घरयासी कामकाजमा सरिक गराई अभ्यास गराउने गर्नुपर्दछ । जसबाट बालबालिकाहरू मोबाइलप्रति कम आकर्षित हुने गर्दछन् ।

(ख) मोबाइले हेर्ने समय निर्धारण गर्ने

बालबालिकालाई मोबाइल हेर्ने समय तय गरिदिनु पर्दछ । मोबाइलमा पनि बालबालिकाका लागि उपयुक्त एप्सहरू मात्र हेर्ने बानी बसाल्नु पर्दछ । बालबालिकालाई माया गरेर मोबाइल खोलेर दिने, खाना खाएन भनेर मोबाइलका मनोरञ्नात्मक एप्सहरू खोलेर खुसी पार्ने बानी पार्नु हुँदैन । उनीहरुलाइ भुलाउन, व्यस्त पार्न मोबाइल दिने गर्नु हुँदैन । तोकिएको समय सकिएपछि बालबालिकाहरुलाई नै मोबाइल बन्द गर्न र सुरक्षितसाथ राख्ने बानी बसाउने गर्नुपर्दछ ।

(ग) बालबालिकाका लागि अभिभावक, शिक्षक तथा साथी बन्ने

बालबालिकाको रूचि, चाहना तथा इच्छाअनुसार उनीहरूको मनोभावना बुझेर कहिले हेरचाह, खानपिन, घरेलु कामका लागि अभिभावकको भूमिकामा प्रस्तुत हुनुपर्छ । कहिले विभिन्न सिकाइका कुराहरू सिकाएर शिक्षकको भूमिका प्रस्तुत हुने तथा कहिले उनीहरूसँगै खेलेर मनोरञ्जन दिलाएर साथीको भूमिकामा पनि प्रस्तुत हुनुपर्दछ ।

(घ) बालबालिकाका लागि समय दिने

अभिभावकहरू आफ्नो व्यस्थताले बालबालिकाका लागि कुनै समय नै नदिने कोही समय भएर पनि वास्ता नगर्ने हुन्छन् । यस्तो गर्नु हुँदैन । आफू मोबाइल चलाउने बालबालिकालाई चलाउनु हँुदैन भन्ने गर्दछन् । मोबाइल लक गर्ने पासवर्ड राख्ने गर्दछन् । यसो गर्दा बालबालिकाहरूमा अभिभावकप्रति नकरात्मक भावना पैदा हुन्छ । निश्चित समयका लागि मोबाइल चलाउन दिने, निश्चित एप्स हरू हेर्न दिने गर्नु पर्दछ । सम्भव भएसम्म उनीहरूको निकटमा रहेर उनीहरूको जिज्ञासा मेटाउने गर्नुपर्दछ । अहिलेको परिवारमा एक वा दुईमात्र केटाकेटी हुन्छन् । उनीहरूको साहरा मोबाइल मात्र भएमा उनीहरूमा एकाङ्कीपन बढ्दै जान्छ । अत सँगै बसेर टिभि हेर्ने, गेम खेल्ने, खाना खाने तथा घुमफिर गर्ने समय निकाल्नुपर्छ ।

(ङ) प्रविधिको प्रयोगमा ख्याल गर्ने

अहिलेको डिजिटल प्रविधिको युगमा विद्युतीय उपकरण आवस्यकताअनुसार प्रयोग गर्न दिनुपर्दछ । तर लत नै लाग्ने गरी बानी बसाउनु हुँदैन । अतः बालबालिका लागि उपयोगी एप्सहरू मात्र डाउनलोड गर्ने, टाइम लक राख्ने तथा पासवर्ड गोप्य रखेर पनि मोबाइल प्रयोगमा कमि ल्याउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *