काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कविता : सानो नदी किनार र एक चिया

1.51K
shares

झरीको एउटा दिन
रुझेको छ तिम्रो यो निर्मोही शहर
म एक चिया पिउदै
बिष्णुमतिको उर्लदो भेल हेरिरहेको छु

तिम्रो शहर नास्तिकताको गफ दिन्छ
तिम्रो शहर धर्मको गफ दिन्छ
तिम्रो शहर पैसाको गोदाममा निदाउछ
र आर्थिक मन्दीको जिन्दगी बाँच्छ

खुल्ला आँखाबाट पनि देखिन्छ
तिम्रो शहरको अति पुरानो नग्नता

तिम्रो शहर आदिम हो भने
तिमी किन सोध्दैनौ
मजदुरहरुको चुहिएको पसिना कति पुरानो हो
तिम्रो शहर सभ्य हो भने
किन भोका मान्छेहरुको आवाज दविएको छ

बगिरहेको छ बिष्णुमति
नागार्जुन पहाडमा रुखहरुले नुहाएका छ्न
एउटा सानो नदी ग्रामीण सडकमै बगेको छ
जति भिजेपनी
तिम्रो मनको मैलो बगाउन सकिरहेको छैन
यो सृष्टिको पुरानो झरीले पनि

एक जोडी प्रेमिल मनहरु
कुनै अति पुरानो लोक मिथक झै
एउटा कुनामा छन
मलाई भव्य लागिरहेको यो दृश्य चाहिँ यहि हो

बस
ट्रक
दलाल
कर्मचारी
नेता
पुरेत
लामा
पास्चर
पत्रकार
कवि
मानव अधिकारवादी
तस्कर
उस्तै ब्यापारी हुन शहरमा
ब्यापारको भाषा अन्तर्राष्ट्रिय हुन्छ

झरीको एउटा दिन
रुझेको छ तिम्रो यो निर्मोही शहर
म एक चिया पिउदै
बिष्णुमतिको उर्लदो भेल हेरिरहेको छु

साभार : रसुवालि कवि (टि.पी. तिमल्सिना)को फेसबुकबाट