काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

इजिप्टमा कोइरालालाई उत्कृष्ट गीतकारको अवार्ड

1.14K
shares

आर्टिकल्सपेपर । गीतकार सीताराम कोइरालालाई इजिप्टको कायरोमा एक भव्य कार्यक्रमका बीच उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ ।

कायरोस्थित होटल स्विस ईन नाइल होटल स्थित मार्च १ मा आयोजित एक समारोहकाबीच इजिप्टका लागि नेपाली राजदूत सुशिल के लम्सालले गीतकार कोइरालालाई उक्त अवार्ड प्रदान गरेका हुन् । ग्लोवल इन्टरनेशनल अवार्डको तेश्रो संस्करणमा गीतकार कोइरालाद्वारा लिखित ‘पिडा’ वोलको गीतले यस वर्षको उत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएको हो ।

गायक तथा संगीतकार सरोज कोइराला र वर्षा दासको स्वर तथा सरोज कोइरालाकै सङ्गीत रहेको गीतको भिडियोमा अभिनय गर्ने मोडल श्रीदेव भट्टराईले पनि यसै गीतबाट उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका छन् ।

“आफुले रचना गरेको पहिलो गीतबाट यसरी दुई वटा अवार्ड जित्न सफल हुनु र त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नु जीवनको महत्वपूर्ण सफलता प्राप्त गरेको महशुस भएको छ” कोइराले बताउनुभयो ।

विविध प्रतिभाका अब्बल व्यक्तित्व कोइराला निजामति कर्मचारी हुन् । कोइराला हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उपसचिव पदमा कार्यरत छन् ।