एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

डा. बरालद्वारा लिखित “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” पुस्तक सार्वजनिक

154
shares

शिक्षा, प्रशासन र साहित्यमा कलम चलाइरहने डा. खगराज बरालद्वारा लिखित नयाँ कृति “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” सार्वजनिक भएको छ ।

लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गरेका बरालका विभिन्न अनुभूतिजन्य पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै एक दर्जन पुस्तक पनि प्रकाशन भइसकेका छन् । तर, यो पुस्तक विगतका अनुभूतिजन्य र शिक्षा व्यवस्थापनसम्बन्धी प्रकाशित पुस्तकभन्दा भिन्न छ ।

यो पुस्तक सैद्धान्तिक र अनुसन्धानमूलक रहेको छ । यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ ।

शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित छ । नौ परिच्छेदमा लेखिएको यो पुस्तकमा शिक्षक व्यवस्थापन, विद्यालय शिक्षाको इतिहास, गुरुकुल शिक्षा पद्धतिको इतिहास, आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहास, शिक्षक व्यवस्थापनका सिद्धान्त, शिक्षक व्यवस्थापनका नीतिगत व्यवस्था, शिक्षक व्यवस्थापन साहित्यको पुनरावलोकन, शिक्षक व्यवस्थापनको विश्लेषण, प्राप्ति, निष्कर्ष र सुझाव जस्ता शीर्षकमा राखिएको छ ।

यस पुस्तक कुल २२७ पृष्ठमा लेखिएको छ । पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

लेखक डा. खगराज बराल नेपाल सरकारका पूर्व सचिव तथा हाल : अध्यक्ष, सेवा आयोग NAST मा कार्यरत हुनुहुन्छ ।