काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नयाँ वर्षका रुपमा गुरुङ समुदायद्वारा “तमु ल्होसार” पर्व धुमधामका साथ मनाइयो

1.37K
shares

काठमाडौँ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् ।
‘ल्हो’ को अर्थ ‘वर्ष’ र ‘सार’ को अर्थ ‘फेरिनु’ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भन्ने गरिन्छ । गुरुङ समुदायले नयाँ वर्षका रुपमा तमु ल्होसार भव्यरुपमा मनाउने गर्छन् ।

गुरुङ समुदायको उल्लेख्य बस्ती रहेका गोरखा, लमजुङ, मनाङ, कास्की, तनहुँ, पर्वत, स्याङ्जा, संखुवासभा, ओखलढुङ्गा, खोटाङ लगायत जिल्लाहरुमा धुमधामका साथ मनाइएको छ ।

सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच सरकारले ‘तमु ल्होसार’ पर्वका उपलक्षमा पुस १५ गते सार्वजनिक विदा दिएको छ ।