• २०८१ बैशाख १७ गते सोमवार

काठमाडौँ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् ।
‘ल्हो’ को अर्थ ‘वर्ष’ र ‘सार’ को अर्थ ‘फेरिनु’ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भन्ने गरिन्छ । गुरुङ समुदायले नयाँ वर्षका रुपमा तमु ल्होसार भव्यरुपमा मनाउने गर्छन् ।

गुरुङ समुदायको उल्लेख्य बस्ती रहेका गोरखा, लमजुङ, मनाङ, कास्की, तनहुँ, पर्वत, स्याङ्जा, संखुवासभा, ओखलढुङ्गा, खोटाङ लगायत जिल्लाहरुमा धुमधामका साथ मनाइएको छ ।

सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच सरकारले ‘तमु ल्होसार’ पर्वका उपलक्षमा पुस १५ गते सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *