एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

पेन्सन कोषको १ अर्ब २० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले ब्याजमा लगानी गर्दै

168
shares

काठमाडौं : नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ ।

बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुमा एक वर्षका लागि कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उचित ब्याजदर प्रस्ताव गर्ने वित्तीय संस्थाहरुमा तोकिएको रकम २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गतेसम्म कुल ३६७ दिनका लागि ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार क वर्गका वाणिज्य बैंकहरुका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १८ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थाका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन १२ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । यस्तो बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको र तोकिएको न्यूनतम पुँजीकोषसहित निष्क्रिय कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।