आर्टिकल्स पेपर, काठमाडौँ । संसारका लगभग सबै संस्कृतिमा सूर्य उपासनाको महत्वपूर्ण स्थान रहि आएको...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख...

पुरा पढ्नुहाेस्

सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई महामन्त्री पौडेलको चेतावनी

679
shares

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभएकाे छ । उहाँले नेपाली कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताउनुभयाे ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क)को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने कांग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताउनुभयाे । निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिनुभयाे ।

कांग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उहाँले मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पार्नुभयाे । सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उहाँले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राख्नुभयाे ।

वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताउनुभयाे । सरकार नागरिकको विश्वास गुमाउँदै गएको उहाँले बताउनुभयाे ।

कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली कांग्रेस राजनीतिको विश्व विद्यालय भएको बताउनुभयाे । उहाँले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौँ’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल एउटै हुन् भन्ने भाष्य निर्माण भइरहेको अवस्थामा नेपाली काङ्ग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताउनुभयाे । कांग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट पार्न सके पार्टी पुनः पुरानै गौरवशाली इतिहासमा फर्किने उहाँले बताउनुभयाे ।