आर्टिकल्स पेपर, काठमाडौँ । संसारका लगभग सबै संस्कृतिमा सूर्य उपासनाको महत्वपूर्ण स्थान रहि आएको...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख...

पुरा पढ्नुहाेस्

सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे

686
shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ।

२२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४, राशिद खानले ३१ रन बनाए । पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे । याे लक्ष्य एनपीएल ईतिहासकै उच्च हाे। जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए।

काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ। पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे।