आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख...

पुरा पढ्नुहाेस्

सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

एनपीएल : लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट

609
shares

काठमाडौं । लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो।

हारसंगै विराटनगर बाहिरिएको छ। जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा आसिफ शेख र डार्सी सर्टले ४५र४५ रन बनाए।

विराटनगरका अपराजित पौडेलले २ विकेट लिए। यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।

जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए।

लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १र१ विकेट लिए।