काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले संगठन...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको ७...

पुरा पढ्नुहाेस्

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी...

पुरा पढ्नुहाेस्

एकता प्रक्रियालाई अन्तिम टुंगो दिने अखिल क्रान्तिकारी केन्द्रीय समितिको निर्णय

777
shares

काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र जारी विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउनेलगायतका नीतिगत निर्णयहरू गरेको छ ।

बैठकले पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकतालाई अब थप लम्ब्याउन नहुने निष्कर्ष निकाल्दै आवश्यक वार्ता, समन्वय र तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ । एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता, समन्वय तथा प्रतिवेदन तयारीका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, बैठकले संगठनको पुनर्गठन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, नियमित प्रशिक्षण तथा वैचारिक अभियान सञ्चालन, डिजिटल प्रणालीमार्फत व्यवस्थापनलाई व्यवस्थित बनाउने र शैक्षिक तथा जनजीविकासँग सम्बन्धित मुद्दामा सशक्त हस्तक्षेप गर्ने निर्णय गरेको छ ।

बैठकले पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत संगठनलाई थप गतिशील, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अखिल (क्रान्तिकारी)का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठले बैठकबाट संगठनको भावी कार्यदिशा स्पष्ट भएको बताउँदै पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकता प्रक्रियालाई अब अन्तिम टुंगोमा पुर्याइने जानकारी दिनुभयो । उहाँले बैठकले गरेका नीतिगत निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।