नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितद्वारा जिम्मेवारी ग्रहण

623
shares

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।

उहाँले सोमबारबाट कार्यभार समेत सम्हाल्नुभएकाे हाे । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उहाँले औपचारिक रूपमा कार्यभार सुरु गर्नुभएकाे हाे ।

मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभयाे ।

सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गर्नुभयाे ।

मन्त्री तिमिल्सिनाले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताउनुभयाे ।

उहाँले नवनियुक्त अध्यक्ष पण्डितका लागि वास्तविक परीक्षा अब सुरु भएको उल्लेख गर्दै आफ्नो कार्यकाल बोर्डको इतिहासमा उदाहरणीय बन्ने गरी काम गर्न सुझाव दिनुभयाे ।

सो अवसरमा बोर्डको अध्यक्षका लागि जम्मा १२ आवेदक परेपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको जानकारी गराइयो ।

सोमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयबाट पण्डितलाई अध्यक्षमा मनोनयन गरिएको हो ।