नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

अब उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका पनि नागरिकताको प्रतिलिपि लिन सकिने

616
shares

काठमाडौं । नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् ।

प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिनुभएकाे छ ।

‘पञ्जीकरण विभागबाट आवश्यक उपकरणहरू आउँदै छन्। केही समस्या भएका सेवाग्राहीको काम सुरु पनि गरिसकेका छौँ। अरू उपकरणहरू पनि आउने क्रममा छन्। अब हामी छिट्टै सुरु गरिहाल्छौँ । अर्को हप्तादेखि सुरु हुन्छ ।’

भुसालका अनुसार नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्ने र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्नेछ। सम्बन्धित प्रणालीमा रहेको विवरण रुजु गर्दा साविकको नागरिकतासँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने उहाँले बताउनुभयाे।

‘नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा मा व्यक्तिको नागरिकतासम्बन्धी विवरण अनलाइनमा अनिवार्य अपडेट भएको हुनुपर्छ। अर्को राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्छ। त्यसलाई यहाँ भेरिफिकेसन गर्दा विवरण मिलेको हुनुपर्छ। मुख्य दुईवटा कुरा यही हो,’ उहाँले भन्नुभयाे।

तर, नागरिकताको अभिलेख नभिडिएको वा साविकको नागरिकतामा भएको विवरणभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहनेले भने नागरिकता लिएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ। शंकास्पद देखिएका निवेदनको हकमा पनि सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था सूचनामा उल्लेख छ।

‘सामान्य कुराहरू त हुन्छन्, नत्र अन्य विवरण सच्याउने अधिकार सम्बन्धित जिल्लालाई मात्रै हुन्छ,’ भुसालले भन्नुभयाे।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८१ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो।

नागरिकता आगलागी वा पानीका कारण नष्ट भएमा, च्यातिएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सेवा लिन सक्नेछन्।

काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रदेशअनुसार तीन जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी बाँडिएको छ। जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागरिकताको प्रतिलिपिसम्बन्धी प्रक्रिया र व्यवस्थाबारे सूचना जारी गरिसकेको छ।

तस्बिर :एआई