नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

एनपीएल: विराटनगरकाे पहिलाे जित, सुदूरपश्चिमकाे दाेस्राे हार

1.93K
shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे।

सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ जैबले १७ रनको याेगदान गरेपनि हार टार्न सकेनन् ।

विराटनगरका आन्द्रे रसेल,रूपेस सिंह र एन्जेलाे म्याथ्यूजले १/१ विकेट लिए।

यसअघि त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनायाे ।

जसमा शेहान जयसुर्याले ३९,आन्द्रे रसेलले २८ , लाेकेश बमले २५ रन बनायाे।

सुदूरपश्चिमका अभिनास बाेहराले २ विकेट हात पारे। ३ खेलमा विराटनगरकाे याे पहिलाे जित हाे। समान ३ खेल खेलेको सुदूरपश्चिमकाे दाेस्राे हार हाे ।