सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
२०८२ चैत १० मंगलवार ११:४०
shares

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ। सोमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





















