काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

एफएनसीसीआई निर्वाचन : अञ्जन श्रेष्ठ समूहद्वारा पदाधिकारी र सदस्यहरूको प्यानल घोषणा

819
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ ।
घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिनुभएको छ । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला-नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी चैत २९ र ३० गते आयोजना हुने कार्यक्रम रहेको छ । उक्त निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले आफ्नो नेतृत्व टिम सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।