एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

364
shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशतले मात्रै बढेको थियो ।

प्रतिवेदनअनुसार गत माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण आएको थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा विप्रेषण ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्रै थियो । यता, वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखिएको छ ।

चालू आवको सात महीनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने २ लाख ४५ हजार १५३ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ थियो ।

तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आवको सात महीनामा यस्तो संख्या बढेर २ लाख २७ हजार ४२४ पुगेको राष्ट्र बैंकले जनाएको छ ।