एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

आज नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

217
shares

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको थियो।

एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।

मतदान प्रक्रियाअन्तर्गत हिजो बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । त्यसका आधारमा १४ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

को-को छन् त १९ पदाधिकारीका चुनावी मैदानमा ?

पाँच उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ओली समूहबाट रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ छन् । पोखरेल समूहबाट अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, टंक कार्कीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै, एक महासचिवका दुई प्रतिस्पर्धी छन् । ओली समूहबाट शंकर पोखरेल दोहोरिँदा पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्दैछन् ।

तीन उपमहासचिवमा ७ प्रतिस्पर्धी छन् । ओली टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार छन् । पोखरेल समूहबाट योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल उपमहासचिवका उम्मेदवार हुन् ।

यसैगरी ९ सचिवका लागि सबैभन्दा धेरै २० जनाबीच प्रतिस्पर्धा हुँदैछ । ओली टिमबाट छविलाल विश्वकर्मा, पदमा अर्याल, राजन भट्टराई, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की र महेश बस्नेत सचिवका उम्मेदवार हुन् । पोखरेल समूहबाट कर्ण थापा, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र अग्नि खरेल सचिवमा उम्मेदवार छन् ।

पदाधिकारी निर्वाचनमा महिला उम्मेदवार संख्या भने अत्यन्त न्यून छन् । जसकारण नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर हुने देखिएको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिँदा चार जना मात्रै महिला उम्मेदवार छन् ।