• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौं । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सबैलाई टिकटकको प्रतिबन्ध हटाउन शुक्रबार सरकारले निर्देशन दिएको छ ।

पाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *