नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

साउनको अन्तिम सोमबार : काठमाडौँको पशुपतिनाथ र खोटाङको हलेसी महादेव मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

1.85K
shares

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर, पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङ जिल्लाको हलेसी महादेव मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालयहरुमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन् ।