काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताकाे विषयले यतिबेला कांग्रेसको आन्तरिक...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की

1.81K
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्नुभएकाे हाे ।

उहाँले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताउनुभयाे ।

मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थालेको भन्दै यसले कृषि उत्पादनमा चुनौती थपिएको बताउनुभयाे । उहाँले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयाे ।

उहाँले कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयाे ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकको श्रम, समर्पण र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा समृद्ध कोशी प्रदेश निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।