• २०८१ असोज ५ गते शनिवार

काठमाडौँ । राष्ट्रियताको भावले ओतप्रोत शब्दहरुको समिश्रण, संयोजन गर्ने गीतकार उमेश लम्साल सर्वोकृष्ट गीतकारका रुपमा पुरस्कृत हुनुभएकाे छ ।

लम्साल शुक्रबार सम्पन्न ११औँ म्युजिक खबर, म्युजिक अवार्डमा सर्वोकृष्ट गीतकारका रुपमा पुरस्कृत हुनुभएको हो ।

एक मुठी सास यो गए पनि जाओस्
म रहुँ या नरहुँ यो देश रहि रहोस्”

भन्ने शब्द रचनाले लम्साल सर्वोकृष्ट गीतकारका रुपमा पुरस्कृत हुनुभएको हो । लम्सालद्वारा रचित राष्ट्र र राष्ट्रियता झल्काउने यस गीतकाे संगीत तथा गायकमा हरि लम्साल र संगीत संयोजनमा किरण कँडेल रहनुभएको छ ।

शब्द चयन, लयात्मकता र शाब्दिक गाम्भीर्यता लम्सालका गीतमा प्रसस्त पाउन सकिन्छ । राष्ट्र र राष्ट्रियताको भाव झल्काउने धेरै रचना लम्सालले गरिसक्नु भएको छ ।

लम्साल नेपाल प्रहरीमा कुशल, कर्तव्यनिष्ठ र निडर डिएसपी पदमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *