आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

1.36K
shares

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताउनुभएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले आजदेखि नै लागू हुनेगरि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताउनुभयो । उहाँले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताउनुभयो । ‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्रहरी प्रमुखज्यूले ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँग सहकार्य गरेर प्रडक्ट हस्तान्तरण भयो । यो सिस्टमले कति काम गर्छ हेर्न बाँकी छ ।’

कुनै जरिवाना तिर्न सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहज भएको महसुस भएको बताउँदै उहाँले त्यसको समाधानका लागि ई–चलान प्रणाली ल्याएको बताउनुभयो ।