काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

दक्षिण कोरियाका पूर्व रास्ट्रपति युन सक यललाई ३० वर्ष जेल सजाय

5.64K
shares

मधुसुदन ओझा, काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सक यललाई अदालतले ३० वर्ष कैद सजाय सुनाएको छ । आपतकालीन सैनिक शासन लागू गर्ने आधार तयार गर्न उत्तर कोरियातर्फ ड्रोन पठाएको आरोपमा मुद्दा खेपिरहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सक यललाई अदालतले ३० वर्ष कैद सजाय सुनाएको हाे ।

यदि यो फैसला अन्तिम रूपमा कायम रह्यो भने युन दक्षिण कोरियाको इतिहासमा विदेशी वा बाह्य सुरक्षा सम्बन्धी अपराधमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बन्नेछन् । यस अघि विशेष अभियोजन टोलीले युन माथि ३० वर्ष कैदको माग गरेको थियो र अदालतले पनि सोही बराबरको सजाय सुनाएको हो ।

अदालतले ड्रोन पठाउने कार्यले दक्षिण कोरियाको सैन्य हितमा क्षति पुर्याएको तथा राष्ट्रिय सुरक्षाका लागि नभई आपतकालीन शासन लागू गर्ने बहाना बनाउन व्यक्तिगत राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको ठहर गरेको छ ।

अदालतले युनले तत्कालीन रक्षा मन्त्री लगायतका व्यक्तिहरूसँग सुरुदेखि नै योजनाबद्ध रूपमा उक्त कार्य गरेको निष्कर्ष निकालेको छ । यसै मुद्दामा पूर्व रक्षा मन्त्री खिम यङ हुन लाई ३० वर्ष कैद तथा प्रतिरक्षा कमाण्डर यो इन होनलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।