नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

दक्षिण कोरियाका पूर्व रास्ट्रपति युन सक यललाई ३० वर्ष जेल सजाय

6.54K
shares

मधुसुदन ओझा, काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सक यललाई अदालतले ३० वर्ष कैद सजाय सुनाएको छ । आपतकालीन सैनिक शासन लागू गर्ने आधार तयार गर्न उत्तर कोरियातर्फ ड्रोन पठाएको आरोपमा मुद्दा खेपिरहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सक यललाई अदालतले ३० वर्ष कैद सजाय सुनाएको हाे ।

यदि यो फैसला अन्तिम रूपमा कायम रह्यो भने युन दक्षिण कोरियाको इतिहासमा विदेशी वा बाह्य सुरक्षा सम्बन्धी अपराधमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बन्नेछन् । यस अघि विशेष अभियोजन टोलीले युन माथि ३० वर्ष कैदको माग गरेको थियो र अदालतले पनि सोही बराबरको सजाय सुनाएको हो ।

अदालतले ड्रोन पठाउने कार्यले दक्षिण कोरियाको सैन्य हितमा क्षति पुर्याएको तथा राष्ट्रिय सुरक्षाका लागि नभई आपतकालीन शासन लागू गर्ने बहाना बनाउन व्यक्तिगत राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको ठहर गरेको छ ।

अदालतले युनले तत्कालीन रक्षा मन्त्री लगायतका व्यक्तिहरूसँग सुरुदेखि नै योजनाबद्ध रूपमा उक्त कार्य गरेको निष्कर्ष निकालेको छ । यसै मुद्दामा पूर्व रक्षा मन्त्री खिम यङ हुन लाई ३० वर्ष कैद तथा प्रतिरक्षा कमाण्डर यो इन होनलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।