एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छौं : सभापति लामिछाने

483
shares

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताउनुभएको छ ।

रास्वपा मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले लोकतन्त्रको उत्सवका रूपमा रहेको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह पनि गर्नुभयो । ‘निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन,’ उहाँले भन्नुभयो, ‘जनताले जे दिन्छन्, त्यही स्वीकार्नुपर्छ, जनतालाई मताधिकारबाट वञ्चित गर्ने कार्य कसैले पनि गर्नु हुँदैन ।’

निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वको सरकार बने सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति लामिछानेले सुशासन र विधिको शासन कायम गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंले मुलुकमा सुशासन र विधि स्थापित गर्न आफ्नो पार्टीलाई विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर २ का उम्मेदवार प्रशान्त उप्रेतीले पनि सम्बोधन गर्नुभएको थियो ।