काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

परिणाममुखी कार्यशैली अपनाउन सकेमात्र स्थायी विकास र समृद्धि हासिल हुन्छ : घिसिङ

1.35K
shares

सुनसरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सकेमात्र स्थायी विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।

पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावी आमसभामा सोमबार उनले अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने र त्यही आवश्यकताबोध गरी पार्टी चुनावमा होमिएको बताउनुभयो ।

जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

जलस्रोत व्यवस्थापनभित्र सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका महत्त्वपूर्ण क्षेत्र जोडिने भएकाले यसको एकीकृत योजना बनाएर अघि बढ्न आफूले ध्यान दिने उहाँको प्रस्टोक्ति छ ।

‘देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ । ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी चुनावमा आएको छ,’ अध्यक्ष घिसिङले भन्नुभयो ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको बताउनुभयो ।