चितवन ३ मा रेनुको घरदैलो तीव्र
२०८२ फागुन १० आइतवार १२:२१
shares

चितवन क्षेत्र नम्बर ३ का लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रेनु दाहालले चुनावी प्रचारलाई तीव्र पारेकी छन् । दाहालले घरदैलो अभियान तीव्र बनाउँदै गर्दा राप्रपासहित अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम पनि बढेको छ । आज आइतबार मात्रै भरतपुर महानगरपालिका वडा नम्बर २५ बाट ५० जना नेकपा प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ ।























