एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका लामालाई टाटा टियागो ईभी कार

574
shares

काठमाडौँ ।  पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गर्नुभएका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जित्नुभएको छ ।

काठमाडौँमा आयोजित  कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उहाँकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गर्नुभयो । अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमईप्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

विदेशमा रहेर परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको  पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको संख्या बढ्दै गएको बताउनुभयो ।

कात्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनाअन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए । यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीले आई फोन १६ पनि प्राप्त गरिसकेका छन् ।

आइएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न  योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ ।