नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

2.44K
shares

काठमाडौं ।  स्थानीय बजारमा मंगलबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।